२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

Nada
२०८१ साउन १६ गते १६:०४
Shares
मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौं : मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

ncell

करिब २० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिता‍एका उनले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् । नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । उनले विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेश एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर गरेका छन् ।

बैंकले 'नेपालमै टिक्न, सजिलो छ' भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिरु, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

सम्बन्धित खबर