२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रार सेवा एसबिआई मर्चेण्टले दिने

Nada
२०८१ साउन १६ गते २१:१८
Shares
एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रार सेवा एसबिआई मर्चेण्टले दिने

काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बुधबार आयोजित एक समारोहमा यस सम्बन्धी सम्झौता भएको हो ।

ncell

सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले हस्ताक्षर गरेका छन् । 

सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरण लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट हुनेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड मिति २०६९ भदौ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित खबर