२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

निर्माण क्षेत्रको समस्या समाधानका लागि मन्त्रीहरुलाई ध्यानाकर्षण

ADV
मध्यान्ह
२०८१ साउन १६ गते २१:१९
निर्माण क्षेत्रको समस्या समाधानका लागि मन्त्रीहरुलाई ध्यानाकर्षण

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगमा देखिएका विविध समस्याबारे गृह मन्त्री तथा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीलाई अवगत गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधवार गृहमन्त्री  रमेश लेखक र माननीय कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरसियालाई अलग अलग भेटी निर्माण उद्योगमा रहेका विविध समस्याहरु बारे अवगत गराएको हो । 

गृहमन्त्री समक्ष महासंघले निर्माण व्यवसायीहरु र निर्माण उपकरणको सुरक्षा, जिल्ला दररेट, नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या, चेक अनादर, ठेक्का तोडिँदा निर्माण व्यवसायीमाथि हुने ज्यादती लगायतका विषयमा ध्यानाकर्षण गराएको छ । जवाफमा गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायी दुवै पक्ष आ–आफ्नो जिम्मेवारीबोध गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

त्यस्तै महासंघले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री चौरसिया समक्ष केही नेपाल ऐन संशोधनलगायत पूर्ण निर्माण उद्योगमैत्री ऐन कानूनका लागि अनुरोध गरेको छ । जवाफमा मन्त्री चौरसियाले आफूले निर्माण व्यवसायीको पीडा बुझेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise