२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६ बुधबारदेखि बजारमा

ADV
मध्यान्ह
२०८१ साउन १६ गते २१:२१
ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६ बुधबारदेखि बजारमा

काठमाडौं : सामसुङ नेपालले स्मार्टफोनको छैटौँ जेनेरेसन– नयाँ ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ बजारमा उपलब्ध गराएको छ । कम्पनीले यी दुई नयाँ स्मार्टफोनका लागि प्रि–अर्डर १५ साउनसम्मका लागि घोषणा गरेको थियो । कम्पनीले जनाएअनुसार अघिल्लो जेनेरेसनका फोल्डेबलहरुभन्दा नयाँ ग्यालेक्सी जेड फोल्ड– ६ र फ्लिप– ६ का लागि झण्डै दुई गुणा बढी प्रि–अर्डर गरिएका थिए ।

सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘नेपालमा हाम्रा नयाँ फोल्डेबलहरु– ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ लाई उपभोक्ताको अत्यधिक प्रतिक्रियाका लागि हामी खुसी र आभारी छौँ । हाम्रा यी नयाँ छैटौँ जेनेरेसनका फोल्डेबल स्मार्टफोनहरुले ग्यालेक्सी एआईको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पु¥याउन र सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरुको दायरा दिन सक्षम भएको छ ।’ नयाँ फोल्डेबलहरु ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोनहरु हुन् । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्लाग्लास भिक्टस २ पनि छ, जसले यी स्मार्टफोनहरुलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउँछ ।

कम्पनीका अनुसार, ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ ग्यालेक्सका लागि अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् । ग्यालेक्सी जेड फ्लिप– ६ ले अब नयाँ अनुकूलन र रचनात्मक सुविधाहरु प्रदान गर्छ, जसले गर्दा प्रयोगकर्ताले हरेक क्षणको अधिकतम फाइदा लिन सक्नेछन् । सामसुङ ग्यालेक्सीको डिफेन्स–ग्रेड, बहु–तह सुरक्षाप्लेटफर्म, सामसुङ नोक्सले महत्वपूर्ण जानकारी सुरक्षित गर्न र एन्ड–टु–एन्ड हार्डवेयर, वास्तविक–समयमा खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाका साथ कमजोरीहरुविरुद्ध सुरक्षा गर्न निर्मित ग्यालेक्सी जेड फोल्ड– ६ र ग्यालेक्सी जेड फ्लिप– ६ लाई सुरक्षित राख्दछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise