२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

घट्यो पेट्रोल र डिजेलको मूल्य

ADV
मध्यान्ह
२०८१ साउन १६ गते २१:५२
घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise