२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

छापावाल सुनको मूल्य बढ्दा नौ हजारले घट्यो तेजाबी

ADV
मध्यान्ह
२०८१ साउन १७ गते ११:१२
छापावाल सुनको मूल्य बढ्दा नौ हजारले घट्यो तेजाबी

काठमाडौंः बिहीबार सुनको मूल्य डेढ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १६ सयले बढेर डेढ लाख नजिक पुगेको हो । योसँगै आज छापावाला सुन प्रतितोला रु. एक लाख ४९ हजार चार सय कायम भएको छ । 

आज तेजाबी सुन भने तोलामा नौ हजार बढीले घटेको छ । आज यो सुन तोलामा रु. नौ हजार आठ सय ५० रुपैयाँले घटेर प्रतितोला रु. एक लाख ३७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलमा २० रुपैयाँले बढ्दै प्रतितोला रु. एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise