२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कोशीटप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

ADV
मध्यान्ह
२०८१ साउन १७ गते ११:२१
कोशीटप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

सुनसरीः कोशीटप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष  २०८०/८१ मा रु. ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ ।

आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट रु. ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो । सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९/८० मा कार्यालयले रु. ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो ।   

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले रु. सात सय ५० अन्य देशका आगन्तुकले रु. एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ । 

आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए । विभिन्न प्रजातिका चरा, अर्ना, गैँडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise