२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कोशीटप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

Nada
२०८१ साउन १७ गते ११:२१
Shares
कोशीटप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

सुनसरीः कोशीटप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष  २०८०/८१ मा रु. ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ ।

ncell

आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट रु. ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो । सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९/८० मा कार्यालयले रु. ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो ।   

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले रु. सात सय ५० अन्य देशका आगन्तुकले रु. एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ । 

आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए । विभिन्न प्रजातिका चरा, अर्ना, गैँडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् । 

सम्बन्धित खबर