२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी भदौमा

Nada
२०८१ साउन १७ गते १८:५१
Shares
नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी भदौमा

काठमाडौं : नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी, २०८१ आगामी भदौ २१, २२ र २३ गते हुने भएको छ । प्रदर्शनी मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि.को संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । 

ncell

यस्तै स्वदेशको बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाइ देशलाई आर्थिकरुपमा सवलीकरण गर्दै लैजान, उर्जा तथा विद्युतीय सामग्रीहरुको व्यावसायिक विकासका साथै यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

यसैगरी, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय एवम् वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराइ व्यावसायिक प्रवर्द्धन गर्नुका साथै यी उद्योगमा भएका नविनतम उपलब्धिहरूबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएको छ ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस प्रदर्शनीले आधारभूतरूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ । जसमा प्रदर्शनी, सम्मेलन र साझेदारीलाई समेटेको छ । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।

तेस्रो पटक आयोजना हुन लागेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छ । आयोजकका अनुसार यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवम् नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवम् कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

सम्बन्धित खबर