२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

ग्लोबल आइएमई र गल्फ एक्सचेन्जबीच सम्झौता

मध्यान्ह
२०८१ साउन १७ गते २१:००
ग्लोबल आइएमई र गल्फ एक्सचेन्जबीच सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच सहकार्यको सम्झौता भएको छ । कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने विषयमा बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत् सहज रुपमा नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् । 

यसरी ग्लोबल रेमिटमार्फत् पठाएको रकम बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजार भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ ।

साथै सो सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

ADV

सम्बन्धित खबर