२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

संसद्‍मा विष्ट : भ्रष्टाचारविरुद्ध बोल्ने संकल्प

himalayanlife
२०८२ चैत १५ गते ०६:२०
Shares
संसद्‍मा विष्ट : भ्रष्टाचारविरुद्ध बोल्ने संकल्प

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १० बाट प्रदीप विष्टले प्रतिनिधि सभा सदस्यको प्रतिनीधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विष्टले नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई २९ हजार ३६९ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।

विष्ट रास्वपामा हुनु अघि नेपाली कांग्रेससँग आबद्ध  थिए । २०७० सालको निर्वाचनमा कीर्तिपुर क्षेत्रको प्रचारप्रसार संयोजकको जिम्मेवारी पनि उनले सम्हालेका थिए ।

कांग्रेसको जड मानिएको यस निर्वाचन क्षेत्रमा निर्वाचित भएका छन् । उनले यस पटकको निर्वाचनमा भने कांग्रेसकै उम्मेदवारलाई हराएका छन् । 

२०७४ साल वैशाख ११ गते उनले कांग्रेसवाट कुनै पनि पदमा नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेका थिए । त्यसयता उनी स्वतन्त्र भुमिकामा थिए ।  २०७९ साल साउनदेखि भने औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन् । हाल उनी पार्टीका काठमाडौं जिल्ला सभापतिसमेत छन् ।

५१ वर्षीय  विष्ट कीर्तिपुरको दूधपोखरीका निवासी हुन् । उनका बुवा कृष्णबहादुर विष्ट लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न रहँदै आएका छन् । विष्टले पिपुल्स क्याम्पसबाट आइकमसम्म अध्ययन गरेका छन् ।

उनको परिवारमा पनि लामो राजनीतिक पृष्ठभूमि रहेको छ । उनका काका रामबाबु विष्ट २०३३, २०३८ र २०४३ सालमा प्रधानपञ्च भएका थिए । प्रजातन्त्र स्थापना भएपछि २०४८ सालमा उनी चम्पादेवी गाविसका अध्यक्ष बनेका थिए । पछि २०५४ सालमा कीर्तिपुर नगर कांग्रेसका नगर अध्यक्षसमेत बनेका छन् । 

राजनीतिक पृष्ठभुमि भएका विष्ट राजनीतिमा रुची राख्थे । उनी विद्यार्थी जीवनदेखि नै आन्दोलन र राजनीतिक गतिविधिमा सक्रिय सहभागि हुँदै आएका थिए । उनको अब भुमिका प्रतिनिधि सभामा हुनेछ । उनको मुख्य एजेण्डा भनेकै देशमा सुशासन ल्याउनु हो । 

उनी भन्छन्, ‘काठमाडौंको कीर्तिपुरलाई मात्र विकासमा मेरो योजना हुने छैन्, यो त देशकै राजधानीको शहर हो । यसलाई व्यवस्थित गराउन मेरो भुमिका रहने छ ।’ 

त्यसको लागि उनले नीतिगत सुधारको लागि पहल गर्ने बताएका छन् । 

‘बेतिथी हट्यो भने देशमा सुशासन आउँछ,’ उनले भने, ‘शुसासन भयो भने विकासमा सहजता हुन्छ ।’ 

५१ वर्षको अन्तरालमा उनी देशमा भएको बेतीति, भ्रष्टाचार देखि दिक्क भएका उनी अब देशमा शुसान बसाल्नको लागि संसदमा भुमिका खेल्ने बताउँछन् । 

‘अहिलेको मुख्य कुरा भनेको देशमा शुसासन हो, शुसासन, भ्रष्टाचार मुक्त देश वनाउनको लागि मैले संसद्मा प्रतीनिधित्व गर्नेछु ।’ भ्रष्टाचार नियन्त्रण गर्ने नीति निर्माणको लागि  संसद्बाट खरदारी गर्ने उनको भनाई छ । 

२०४६ सालको जनआन्दोलनताका पनि उनी राजनीतिक गतिविधिमा सक्रिय भएका थिए ।  रास्वपामा पनि २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उनी आफ्नो क्षेत्रमा सक्रिय रहेका थिए । 

विष्टको मुख्य प्राथमिकता पार्टीले अघि सारेका भ्रष्टाचारविरुद्धको अभियान, सुशासन र पारदर्शिताका एजेन्डालाई कार्यान्वयन गर्ने गराउने भएको उनी बताउँछन् ।

सम्बन्धित खबर