२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रतिनिधिसभा सदस्यलाई सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको निर्देशन, विवरण गोप्य राखिने

Nada
२०८२ चैत १६ गते १३:५७
Shares
प्रतिनिधिसभा सदस्यलाई सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको निर्देशन, विवरण गोप्य राखिने

काठमाडौं : संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । 

ncell

सचिवालयले आगामी जेठ १० गतेभित्र सम्पती विवरण अनिवार्य रूपमा संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको हो । सचिवालयकाअनुसार प्रतिनिधिसभा सदस्यहरूले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पती विवरण बुझाउनुपर्नेछ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको मितिबाट ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

सोही कानुनी प्रावधानअनुसार सम्पत्ति विवरण पेस गर्न सांसदहरूलाई औपचारिक सूचना जारी गरिएको उनको भनाइ छ । प्रतिनिधिसभा सदस्यहरूले चैत १२ गते शपथ लिएपछि सार्वजनिक पद धारण गरेको मानिने भएकाले सो मितिबाट गणना हुनेगरी ६० दिनभित्र सम्पती विवरण बुझाउनुपर्नेछ ।

सचिवालयमा आफ्नो सम्पत्ति विवरण खामबन्दी गरी गोप्य रूपमा बुझाउनुपर्ने प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ ‘क’ कार्यान्वयन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।

सचिवालयले प्रतिनिधिसभा सदस्यहरूले बुझाएको सम्पत्ति विवरण पूर्ण रूपमा गोप्य रहने स्पष्ट पारेको छ । कानुनअनुसार अदालतको आदेश आएमा बाहेक अन्य कुनै अवस्थामा उक्त विवरण सार्वजनिक नहुने प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार सदस्यहरूले बुझाएको विवरणको दुरुपयोग हुने छैन । 

सचिवालयले यसअघि राष्ट्रिय सभा सदस्यहरूलाई पनि सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर