२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नवनिर्वाचित सांसदहरुलाई शेखरको सुझाव- वरिष्ठ नेता र विज्ञहरूसँग सरसल्लाह गरेर अघि बढ्नुस्

Nada
२०८२ चैत १६ गते १५:५७
Shares
नवनिर्वाचित सांसदहरुलाई शेखरको सुझाव- वरिष्ठ नेता र विज्ञहरूसँग सरसल्लाह गरेर अघि बढ्नुस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूलाई संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरूसँग नियमित सरसल्लाह गर्न सुझाव दिएका छन् ।

ncell

सोमबार धुम्बाराहीमा नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले संसद्मा आउने विभिन्न विषय र मुद्दाहरूमा गहिरो अध्ययन र छलफलको आवश्यकता रहेको बताएका हुन् ।

यस पटक वरिष्ठ र पुराना सांसदहरू धेरै नभएको उल्लेख गर्दै कोइरालाले उनीहरूको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे । नेपाली कांग्रेसले यस्ता कार्यक्रमहरू पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उनले नवनिर्वाचित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना समेत दिए । 

कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर