२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमाले सचिवालय बैठक सुरु

Nada
२०८२ चैत १७ गते १२:२९
Shares
एमाले सचिवालय बैठक सुरु

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय बैठक बसेको हो । 

ncell

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले उनीहरुकै घरबाट शनिबार बिहान पक्राउ गरेको थियो । उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको थियो । साथै, बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेशसमेत जारी भएको छ ।

गत शनिबार पनि ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक बसेर पार्टीले विरोधका कार्यक्रम तय गरेको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर