२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

धुम्बाराहीमा कांग्रेस विघटित कार्यसमितिको बैठक, देउवा-कोइराला समूह सहभागी  

Nada
२०८२ चैत १७ गते १४:४६
Shares
धुम्बाराहीमा कांग्रेस विघटित कार्यसमितिको बैठक, देउवा-कोइराला समूह सहभागी  

काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवाद गहिरिँदै जाँदा संस्थापनइतर समूहको छुट्टै बैठक बसेको छ । काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको बैठकमा तत्कालीन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको सहभागिता छ । 

ncell

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि असन्तुष्ट पक्षले समानान्तर गतिविधि गर्दै आएको छ । भेलामा १४औं महाधिवेशनबाट निर्वाचित अघिल्लो कार्यसमितिका पदाधिकारी तथा सदस्य सहभागी छन् ।

तत्कालीन कार्यवहाक सभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता शेखर कोइरालाले बैठकको संयोजन गरेका छन् । बैठकमा चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको सहभागी नेताले बताए ।

तत्कालीन कार्यवहाक सभापति खड्काले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गर्दै आफूहरू नै आधिकारिक कांग्रेस भएकाले अदालतको फैसला पर्खिन आग्रह गरे । सो बैठकमा अघिल्लो कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन् ।

ताजा खबर

सम्बन्धित खबर