काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट फेरि पनि ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आज प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्म खातीसहितका सरकारी वकिलहरूले बहस गरिसकेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । रिटमा महान्यायाधिवक्ता खम्म खाती सहित चारजना सरकारी वकिलले बहस गरेका छन ।
उनीहरुले प्रहरी प्रमुखमा धीरजप्रताप सिंह नै उपयुक्त पात्र भएको जिकिर गरेका छन् । आईजीपी बनाउने कुरा सरकारको विशेषाधिकार भएको दाबी बहसमा महान्यायाधिवक्ता खातीले गरे । रिटमाथिको अर्को सुनुवाई असार १९ मा हुनेछ । सो दिन प्रहरी महानिरीक्षक सिंहका निजी वकिलले बहस गर्नेछन् ।
मुद्दामा रिट निवेदक पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा यो रिटमाथि सुनुवाइ भएको हो ।
सरकारले १८ वैशाखमा सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च पुगेका थिए । सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । त्यसयता सुनुवाइ निरन्तर छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies