काठमाडौं : काठमाडौं जिल्ला अदालतले गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन)लाई थुनामा राख्न आदेश गरेको छ । अदालतका न्यायाधीश केदारनाथ पौडेलको इजलासले होस्टल वार्डेल रामजी बस्नेतलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो ।
शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई जेठ २१ मा पक्राउ गरेको थियो । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थिए ।
बस्नेतविरुद्ध कक्षा ७ मा अध्ययनरत ११ वर्षीया, कक्षा ८ मा अध्ययनरत १२ वर्षीया र कक्षा १० मा अध्ययनरत १४ वर्षीया किशोरीले यौन दुव्र्यवहार गरेको आरोपमा जाहेरी दिएका थिए । ६ महिनादेखि वार्डेनले आफ्नो संवेदनशिल अंगहरूमा छुने र सुम्सुम्याउने गरेको किशोरीहरुले प्रहरीलाई बताएका थिए ।
छात्राहरूले अभिभावकलाई भनेपछि घटना बाहिरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध ‘बाल यौन दुरुपयोग गर्न नहुने कसुर’मा अदालतमा मुद्दा लगेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies