२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

४० अंकले बढ्यो नेप्से परिसूचक, २१ अर्ब बढीको कारोबार

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १५:१३
४० अंकले बढ्यो नेप्से परिसूचक, २१ अर्ब बढीको कारोबार

काठमाडौंः सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज शेयर बजार ४०.७६ अंकले बढेर २,७९६ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । एक कम्पनीको मात्रै शेयर मूल्य स्थिर छ । 

आजको शेयर बजारमा आठ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । रुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, कुथेली बुखरी हाइड्रो, माथिल्लो मैलुङ खोला, भगवती हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।

यस्तै, आज कारोबार समय भरिमा ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा रु. २१ अर्ब ८६ करोड ४९ लाख माथिको शेयर कारोबार भएको छ । आजकाे बजारमा सबैभन्दा बढी शेयर कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले आज एक अर्बमाथिको शेयर कारोबार गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise