२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

मौलिकता खोज्दै महानगर

शनिबार ‘भेहिकल फ्रि असन’

Nada
सपना बोहरा
२०८३ वैशाख ६ गते ०६:२५
Shares
मौलिकता खोज्दै महानगर

काठमाडौं : साँघुरा गल्ली, ठुला–ठुला पुराना घर, सिद्रा, सुकुटीदेखि लत्ता कपडाको व्यापार हुने असन क्षेत्र शनिबार फरक देखियो । असन काठमाडौंको व्यापारिक प्रमुख क्षेत्र हो । जहाँ गाउँ–घरको झल्को दिने हरिया तरकारी, फलफुल गेडागुडी दालहरु समेत राखिएको हुन्छ । जसले केही समय भए पनि सहरको भिडलाई बिर्साइदिन्छ । किनमेल गर्न आउने मान्छेको भिडमा सवारी सधानले गर्दा अव्यवस्थित भएको थियो । 

ncell

काठमाडौं महानगरले प्राचीन शहरीबस्ती असनको मौलिकता जोगाउन शनिबारदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेपछि छुट्टै आकर्षक थियो ।  उक्त क्षेत्रभित्र अब परम्परागत बजार, सांस्कृतिक गतिविधि, गायन, वादन, नृत्य तथा स्थानीय सीप र ज्ञानको प्रदर्शन गरिएको थियो । 

मैतीदेवीका पुरण बस्नेतलाई हप्तामा एकदिन असन नआए चित्त बुझ्दैन । उनको तरकारी, फलफुल, र सुकुटी किन्न आउने बजार नै त्यही हो । 

‘अन्य शनिबार सवारी साधनले दिक्क लगाउँथे, ढिल्ले भएपनि महानगरको ध्यान गएछ,’ उनले भने, ‘खुशी लागेको छ ।’ सस्तो र सबै सामग्री असन पाइने भएपछि किनमेल तथा रमाइलो हेर्न आउने गरेको उनी बताउँछन् । 

शनिबार असन क्षेत्रमा भेहिकल फ्रि भएपछि मख्ख थिइन् पूर्णमाया तामाङ । उनी प्रत्येक दिन साँझ बिहान तरकारी लिएर त्यहाँ बेच्न जाने गर्थिन् । उनी भन्छिन्, ‘शनिबारको दिन अलि विशेष हुन्छ, मान्छेको भिड ठिकै हो, सवारी साधानको चाप र कोलाहलले दिक्क लाग्थ्यो ।’

असन क्षेत्रको मौलिक सांस्कृतिक पहिचान जोगाउने, परम्परागत जीवनशैलीलाई संरक्षण गर्ने र पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरिएको छ ।

शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । 

त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन गरिनेछन् । 

काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उद्देश्यले प्रवर्र्धन गरिएको महानगरको कार्यवहाक प्रमुख सुनिता डंगोल बताउँछिन् ।

पछिल्ला वर्षहरूमा अत्यधिक सवारी चाप र अव्यवस्थित सहरीकरणका कारण भित्री सहरको मौलिकता प्रभावित हुँदै गएको भन्दै यो कार्यक्रम आवश्यक भएको महानगरको भनाइ छ ।

काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने डंगोलको अपेक्षा छ ।

हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ । आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवर्धनका लागि सुरु गरिएको उनले बताइन् । 

मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन हुन थालेको  महानगरले जनाएको छ । 

शनिबारका दिन तोकिएका वैकल्पिक पार्किङस्थल प्रयोग गर्न र पैदलमार्फत असन प्रवेश गर्न आग्रह गरिएको छ । 

अब शनिबारको दिन जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन । यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन । वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीकोस्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ । टु गणेश र भोँसीकोस्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ ।

गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । 

असनमा मात्रै होइन् काठमाडौं महानगरपालिका वडा नं ५ मा रहेको हाँडी गाउँमा पनि शनिबार भेहिकल फ्रि गरिएको छ । त्यहाँका नेवारी समुदायका समुहले मौलिक परिकार खुवाउने तथा  संस्कृतिहरु प्रदर्शन गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर