२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्री पौडेल सकारात्मक

Nada
२०८१ साउन २१ गते २०:२१
Shares
सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्री पौडेल सकारात्मक

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा उनले सो बताएका हुन् ।

ncell

उनले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको स्वीकार गर्दै यस बिषयमा सम्वद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिबद्धता समेत जनाए । 

मन्त्री पौडलसँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेटमार्फत् सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा यस्तो दर २० प्रतिशत कायम रहेकोले ब्यापार असन्तुलन हुन नदिन तत्काल  भन्सार दरलाई घटाई सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत भन्सार दर कायम गरीनु पर्ने आवश्यकता औंल्याए । 

त्यसक्रममा उनले बैंकले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान ब्यवस्था अनुसार भन्सार दर भने दिन दिनै परिवर्तन भैरहने भएकोले कारोबारमा समस्या परेको हुँदा प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने र प्रत्येक १५/१५ दिनमा भन्सार प्रयोजनका लागि भन्सार दर पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए । 

सम्बन्धित खबर