२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बैंकहरुमा एक अर्ब बढी लगानी गर्दै केन्द्रीय बैंक

Nada
२०८१ साउन २२ गते १३:५४
Shares
बैंकहरुमा एक अर्ब बढी लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा एक अर्ब बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको कुल एक अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा राख्न लागेको एक सूचनामार्फत जनाएको छ । 

ncell

यसमध्ये केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकको मुद्दती निक्षेपमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ राख्न लागेको हो । 

सूचनाअनुसार निक्षेप लिन चाहने बैंक तथा वित्त कम्पनीले आफूले लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिनुपर्नेछ। आगामी भदौ ४ गतेदेखि २०८१ चैत ९ गतेसम्म २१५ दिनका लागि बैंकहरुको मुद्दती निक्षेपमा राखिने उक्त निक्षेपका लागि बैंकहरुले भदौ २४ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्ने सूचनामा उल्लेख छ।

सम्बन्धित खबर