२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ग्लोबल आइएमईबाट जापान जाने विद्यार्थीले सहजै कर्जा पाउने

ADV
मध्यान्ह
२०८१ साउन २२ गते २०:५४
ग्लोबल आइएमईबाट जापान जाने विद्यार्थीले सहजै कर्जा पाउने

काठमाडौं : ग्लोबल आइएमई बैंक, आइएमई तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरे ।

समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, जापान गए पश्चात् विद्यार्थीहरुले जापानबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise