२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एक सय आठ अंकले बढ्यो शेयर बजार, कारोबारमा भने गिरावट

ADV
मध्यान्ह
२०८१ साउन २३ गते १५:१४
एक सय आठ अंकले बढ्यो शेयर बजार, कारोबारमा भने गिरावट

काठमाडौं– बुधबार शेयर बजार भारी अंकले उकालो लागेको छ । आज शेयर बजार १०८.३५ अंकले बढेर २,७५९ को विन्दुमा पुगी बन्द भएको छ । 

आज २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ ।  आजको शेयर बजारमा नौ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बोटलर्स नेपाल बालाजू, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटिी होटल र हिालयन रिइन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै, आज शेयर कारोबारमा भने गिरावट आएको छ । मंगलबार ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा रु. २३ अर्ब ७१ करोड ६७ लाख माथिको शेयर कारोबार भएको  थियो । आज कारोबार समय भरिमा ३३० कम्पनीको ३ करोड ८० लाख  कित्ता शेयर किनबेच हुँदा रु. १७ अर्ब ९५ करोड नौ लाख माथिको शेयर कारोबार भएको हो । आजको बजारमा सबैभन्दा बढी शेयर कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले आज एक अर्बमाथिको शेयर कारोबार गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise