२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आइएमई पे रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता

ADV
मध्यान्ह
२०८१ साउन २३ गते २१:१४
आइएमई पे रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता

काठमाडौं : आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।

सहज फिचर सँगसँगै प्रयोगकर्ताहरुले कल तथा इमेलमार्फत् पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको सो सेवामा ग्राहकको संख्या बढेको हो ।

अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पे मार्फत् प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ ।

आइएमई पे एप मार्फत् प्रयोगकर्ताहरुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरुको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरु थप्न कम्पनी उत्साहित भएको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise