२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

भेरी रिठ्ठा पात ब्रान्डमा डिटरजेन्ट पाउडर सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन २३ गते २१:१६
भेरी रिठ्ठा पात ब्रान्डमा डिटरजेन्ट पाउडर सार्वजनिक

काठमाडौं : नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सोमबार नेपालगन्जमा एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरेको हो ।

कम्पनीका सञ्चालक यज्ञबहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर एक सय ५० ग्रामदेखि ४ किलोग्रामसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी दिए ।

कपडाबाट पसिना, माटो, खानेकुरालगायतको दाग हटाउने मामिलामा प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेको यो डिटरजेन्ट पाउडरमा कलर प्रोटेक्सन टेक्नोलोजी प्रयोग गरिएको उनले बताए । उक्त टेक्नोलोजीले कपडाको रङ उड्ने र फिका हुँदै जाने समस्या आउन नदिने कम्पनीको दाबी छ ।

यसमा रहेको जर्म फाइटरले कपडालाई किटाणुरहित बनाउँदै सफाइको स्तर उकास्ने कम्पनीका बजार व्यवस्थापक शालिकराम कँडेलले बताए । देउती सोप एन्ड केमिकल्सले यशोदा ब्रान्डमा डिटरजेन्ट पाउडर, भेरी ब्रान्डमा लुगाधुने साबुन, हर्बल डिटरजेन्ट केक र डिसवासबार उत्पादन गर्दै आएको छ ।

भेरी ब्रान्डमा डिटरजेन्ट पाउडर पनि कम्पनीले उत्पादन एवं ब्रिक्री वितरण गर्दै आएको छ । कम्पनीका उत्पादनहरु उपभोक्तामाझ निकै लोकप्रिय रहेको शाहीले दाबी गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise