२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रास्कोटका दुई वटा वडा बालविवाह मुक्त वडा घोषणा

ADV
कमल कुमाल
२०८१ जेठ २६ गते १६:३०
रास्कोटका दुई वटा वडा बालविवाह मुक्त वडा घोषणा

कालीकोट : कालीकोटको रास्कोट नगरपालिका वडा नम्बर ४ र ९ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । लामो समयदेखि कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा परियोजनामार्फत समाज रुपान्तरणका निमित्त काम गर्दै आइरहेका स्थानीय गैरसरकारी संस्था सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल र मानअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको परियोजना‍अन्तर्गत रास्कोट नगरपालिका ४ र ९ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

बालविवाह मुक्त वडा घोषण कार्यक्रममा बोल्दै सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालीकोटका मूल्यांकन अधिकृत नमराज योगीले रास्कोटको आमूल परिवर्तनमा विशेष भूमिका खेल्ने सामाजिक संघसंस्थाहरुलाई धन्यवाद दिँदै सामाजिक संस्कार र सामाजिक परम्पराको अन्त्य गर्दै बालविवाह रोकथाम, बालश्रम न्यूनीकरण, लैंगिक हिंसा तथा छुवाछुत मुक्त समाज निर्माणका लागि स्थानीय सरकार निरन्तर लागिपर्ने बताए ।

हुरेन्डेडक नेपाल कालीकोटका संयोजक डम्बर बहोराले सानै उमेरमा बालविवाह गर्दा स्वास्थ्य अवस्थामा आउने समस्यालाई मध्यनजर गर्दै यस्ताखालका विकृति विसंगती हुन नदिन र यस्लाई समयमै उन्मूलन गर्न संघसंस्थासँगै स्थानीय सरकार एकजुट भएर लागिपरेको बताए ।

वडा नम्बर ९ का वडा अध्यक्ष धनबहादुर धामीको अध्यक्षता, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यता, उपप्रमुख मनिराज बरालको विशेष आतिथ्यता तथा  सबै सरोकारवालाको उपस्थितिमा वडा नं ४ र ९ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise