२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

इन्द्रेणी मसरुमले आईपीओ निष्काशन गर्ने

ADV
मध्यान्ह
२०८१ साउन २४ गते ११:५०
इन्द्रेणी मसरुमले आईपीओ निष्काशन गर्ने

काठमाडौं : इन्द्रेणी मसरुम फर्मले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले मकपवानपुरको थाहा नगरपालिका-१ स्थित चिल्ताङमा केही वर्षदेखि व्यावसायिकरुपमा च्याउ उत्पादन गर्दै आइरहेको छ ।

निकट भविष्यमा कम्पनीले प्राथमिक शेयर निष्काशन गरी सोबाट प्राप्त हुने रकमबाट थप पूर्वाधार निर्माण तथा कोल्डस्टोर निर्माणलगायतका कार्य गर्ने पनि बताएको छ । नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट व्यावसायिकरुपमा गोब्रे च्याउ उत्पादन गर्ने उद्देश्यले विसं २०७१ सालमा इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडको नाममा कम्पनी स्थापना भएको हो ।

हाल कम्पनीले व्यावसायिकरुपमा ५ प्रजातीका च्याउ खेती गरिरहेको छ, जसमा गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मा छन् । हाल कम्पनीमा विभिन्न व्यावसायिक क्षेत्रका शेयरधनीहरुबाट १४ करोड रुपैयाँ लगानी भइसकेको छ । १९ रोपनी जग्गामा  निर्मित ११ ओटा आधुनिक उत्पादन कक्षबाट दैनिक रुपमा ६०० किलोग्राम गोब्रे च्याउ उत्पादन  भइरहेको कम्पनीले बताएको छ  ।

बजारमा हुने प्रतिदिन १५ हजार किलोग्रामको माग आपूर्तिमा सहजता ल्याउनका लागि उत्पादन वृद्धि गर्न सर्वसाधारणहरुको तर्फबाट सहभागिता बढाउन आईपीओ निष्कासन गर्न लागिएको कम्पनीका अध्यक्ष धर्मेन्द्र महर्जनले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise