२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ

ADV
कृष्ण तिवारी
२०८१ साउन २४ गते १३:००
प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ

रौतहट : सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा रौतहटमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रपुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको हो । उनले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

साहले आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

साहविरुद्ध सार्वजनिक मुद्दाअन्तर्गत अभद्र व्यवहार मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।

 

ADVADV

सम्बन्धित खबर

Advertise