२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

कोका–कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ साउन २४ गते २१:०६
कोका–कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम सम्पन्न

काठमाडौं : कोका–कोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सम्पन्न गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रम अन्तरगतको एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो । जसअन्तरगत काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरका महिला सहभागीहरुबाट रोचक विचार र व्यवसायिक योजना प्राप्त भएको थियो । 

कार्यक्रम बारे बोटलर्स नेपालका म्यानेजिङ डाईरेक्टर दीपक सेन्थिल नाथले यस्तो कार्यक्रमले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिने र दिगो विकासलाई टेवा दिने बताए । आवेदकहरुका नवीन विचारहरु र सफलताको सम्भावनाको आधारमा १० जना विजेताहरु चयन भएका छन् । जसमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनौट भएका छन् ।

कार्यक्रमभर विजेताहरुले लिंग, विविधता, समानता, समावेशीकरण जस्ता विषयमा केन्द्रित रहेर विभिन्न सत्रमा भाग लिएका थिए । कार्यक्रमबारे कम्पनीका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले महिला सशक्तिकरण बलियो समुदाय निर्माणको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो प्रोगाम धेरै महिलाहरुको लागि आशा र अवसरको ज्योति भएको बताए । त्यसैगरी, एटेलियर प्लेटफर्म प्रालिका  संस्थापक रितु गुरुङले साझेदारीमार्फत् युवा महिला उद्यमीहरुको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरु सृजना गर्न पाउँदा खुशी लागेको बताइन् । 

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथलगायतका अन्य पदाधिकारी तथा एटेलियर प्लेटफर्मका संस्थापक रितु गुरुङ केसीले विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सहभागीहरुले आफ्ना विभिन्न नवीन, समसामयिक र प्रतिभाशाली अवधारणाहरु र व्यावसायिक योजनाहरु प्रस्तुत गरेका थिए । निर्णायक मण्डलको मूल्यांकनपछि रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, श्रेया मल्ल र शालु थापाको नेतृत्वमा रहेको पाल तथा प्रतिमा बस्याल र प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो । साथै प्रत्येक व्यवसायले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise