२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्राधिकरणको नाफा कागजी होइन : कुलमान घिसिङ

ADV
मध्यान्ह
२०८१ साउन २५ गते १४:३८
प्राधिकरणको नाफा कागजी होइन : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा कागजी नभएको दाबी गरेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले प्राधिकरण टाट पल्टिन लागिसक्यो भन्ने हल्ला चलाइएको भन्दै त्यो सत्य नभएको बताएका हुन् ।

उनले प्राधिकरणले ८ वर्षमा मात्र करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको जानकारी दिए । विगत ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको समेत उनले बताए ।

उनले प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको पनि जानकारी दिए ।  प्राधिकरणको कूल सम्पत्ति ८ वर्षअघि २ खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । 

उनले बिजुलीको महसुल घटाए पनि नाफा बढेको बताए । ३ वर्षमा महसुल दर २५ प्रतिशत घटाइए पनि नाफामा बढोत्तरी भएको बताउँदै उनले यो नाफा डेडिकेटेड ट्रंकलाइनको बक्यौताले नबढेको बताए । उनले महालेखापरीक्षक र प्राधिकरणकै ३ जना आन्तरिक लेखापरीक्षकले बनाएको हिसाब कसरी खोट हुन सक्छ ? भन्ने प्रश्न पनि गरे ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको बताउँदै उनले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise