२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ललितपुरबाट चोरी गरी फरार व्यक्ति सुनसरीबाट पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन २५ गते २१:१९
ललितपुरबाट चोरी गरी फरार व्यक्ति सुनसरीबाट पक्राउ

काठमाडौं : सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर १ गौरीगाउँ बस्ने २६ वर्षीय प्रविण राई चोरी आरोपमा पक्राउ परेका छन् । आफूले काम गरेकै ठाउँबाट चाँदीको सामग्री चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

साउन २४ गते  राईलाई उनकै घरभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा उक्त चाँदीका सामग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगत १ महिनादेखि ललितपुर उपमहानगरपालिका मंगलबजारमा रहेको लक्ष्मण शंकरको चाँदी पसलमा काम गर्दै आएका राईले साउन १९ गते उक्त पसलबाट चाँदी र चाँदीले बनेको भाडाकुँडा चोरी गरी फरार रहेका थिए । 

उक्त सामग्रीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख विकास राईले बताए । राईलाई थप अनुसन्धानको लागि प्रहरी परिसर ललितपुर पठाइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise