२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिटिजन्स बैंकद्वारा वित्तीय सचेतना भिडियो सार्वजनिक

Nada
२०८१ साउन २५ गते २१:३३
Shares
सिटिजन्स बैंकद्वारा वित्तीय सचेतना भिडियो सार्वजनिक

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउने उद्देश्यले ह्यासट्यागसिटिजन नै हो ह्यासट्यागसेफसिटिजन भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।

ncell

कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सात वटै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धकलगायत विभागीय प्रमुखहरु एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सका बीच सो भिडियो सार्वजनिक गरेका हुन् ।

सो अवसरमा उनले बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नविनतम एवं नमूना सेवा सुविधा दिंदै अघि बढ्न आग्रह गरे । बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्षहरुमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ ।

विभिन्न बाहनामा ग्राहकहरुसँग पासवर्ड, ओटीपी, खाताको विवरणहरु माग्ने साथै ग्राहकहरुलाई चिठ्ठा तथा अन्य बहुमूल्य सामानहरु जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढी रहेको र यस सचेतना भिडियोबाट बढ्दै गरेका यस्ता गतिविधिहरुको न्युनिकरण गर्न भिडियोले सहयोग गर्ने र ग्राहकहरुमा चेतना अभिवृद्धि हुने विश्वास लिएको कम्पनीले बताएको छ ।

सम्बन्धित खबर