२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमएडब्लु वृद्धिद्वारा बर्दिवासमा नयाँ शोरुम सञ्चालन

ADV
मध्यान्ह
२०८१ साउन २५ गते २१:३५
एमएडब्लु वृद्धिद्वारा बर्दिवासमा नयाँ शोरुम सञ्चालन

काठमाडौं : एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिवासमा आफ्नो ब्राण्ड–न्यू शोरुमको उद्घाटन गरेको छ । होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको सो अत्याधुनिक सुविधासम्पन्न शोरुम यही साउन २५ गतेदेखि आधिकारिक रुपमा सञ्चालनमा आएको हो ।

शोरुममा दुई ब्राण्डहरु फोटोन र सोकोनका कमर्सियल गाडीहरु उपलब्ध छन् । फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकका रुपमा हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारीसाधनहरुको रेन्ज प्रदान गर्दछ ।

आफ्नो व्यावसायिक सवारीसाधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरुमा उपलब्ध छन् ।

डेडीकेटेड बिक्री टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथमा ग्राहकहरुले आफ्ना लागि उपयुक्त विकल्पहरु अन्वेषण गर्न सक्ने र आफ्नो व्यवसायलाई माथि उठाउनको लागि उत्तम गाडी फेला पार्न सक्ने कम्पनीले जनाएको छ । बर्दिबास र आसपासका ग्राहकहरुले अब नयाँ व्यावसायिक सवारीसाधनहरु अनुभव गर्न, वित्तीय विकल्पहरु खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise