२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

रोजगारी सिर्जना गर्न अल्लोको धागो बनाउने तालिम प्रदान

draupadi film
शिवजी मण्डेल
२०८१ साउन २६ गते २१:२५
रोजगारी सिर्जना गर्न अल्लोको धागो बनाउने तालिम प्रदान

बझाङ : बझाङमा १५ दिने अल्लोको धागो बनाउने तालिम सम्पन्न भएको छ । जिल्लाको थलारा गाउँपालिका २ मा अल्लोको धागो बनाउने तालिम सम्पन्न भएको हो । 

स्थानीय स्रोत साधनको सही सदुप्रयोगका साथै रोजगारी सिर्जना गर्नका लागि थलाराका १२ जनालाई तालिम प्रदान गरिएको हो । 

यो भन्दा पहिला नै परियोजनाले सञ्चालन गरेका धागो बनाउने तालिम लिएकाहरूलाई दिगोपनका लागि तालिम प्रदान गरिएको परियोजना सामाजिक परिचालक तारा प्रसाद ओझाले बताए । उनका अनुसार १० जनालाई अल्लोको धागो बनाउने तथा २ जनालाई  कपडा बुन्ने तालिम दिइएको छ ।

उक्त तालिम युनाइटेड मिसन टु नेपालीको आर्थिक सहयोगमा प्रगतिशील युवा समाजद्वारा सञ्चालित सिर्जना परियोजनामार्फत प्रदान गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise