२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गायक प्रकाश तिमिल्सिनाको निधन 

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १०:३४
गायक प्रकाश तिमिल्सिनाको निधन 

काठमाडौँ : गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । शनिवार साँझ भैँसेपाटी स्थित डेरामा उनको निधन भएको हो ।

अचेत अवस्थामा फेला परेका उनलाई परिवारका सदस्यहरूले तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतहरू चर्चित छन् । 

विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरू तथा दुई दर्जन बढी देशका सांगीतिक कार्यक्रममा सहभागी भएर उनले आफूलाई नेपाली संगीतमा स्थापित गरेका थिए । उनी नेपाली तारा नामक गायन रियालिटी शोबाट चर्चामा आएका थिए । 

तिमिल्सिनाको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा लागिएको छ । पोस्टमार्टमपछि उनको शव संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने र आजै पशुपतिमा आर्यघाटमा अन्तीम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ। 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise