२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

च्याउ बेचेर १० लाख कमाइ

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १०:५८
च्याउ बेचेर १० लाख कमाइ

पर्वत : पर्वतको जलजला गाउँपालिका-८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेकी छन् । १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छन् ।

तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको खत्री बताउँछिन् । ‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन’, उनले भनिन् । गोब्रे च्याउ प्रतिकेजी ५ सय र कन्ये २ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

कच्चा पदार्थसहितका साम्रगी तयार गर्नुभएकी किसान खत्रीले ७ रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आएकी छन् । ‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छु’, उनले भनिन् ।

श्रीमान्‌को सहयोगमा उत्पादित सागसब्जी बजार पुर्‍याउने गरेको खत्रीले सुनाइन् । जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ’, उनले भने ।


 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise