२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

मिर्गौला पीडितलाई साढे तीन लाख सहयोग

ADV
मध्यान्ह
२०८१ साउन २७ गते ११:३५
मिर्गौला पीडितलाई साढे तीन लाख सहयोग

तनहुँः ऋषिङ गाउँपालिका निवासी मिर्गौला पीडित पूर्णलाल नेपालीलाई रु. तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ । 

ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको उक्त रकम शनिबार निजलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक भएका नेपालीलाई सघाउन प्रवक्ता दरैले पूर्णलाल नेपाली बचाउ अभियान सञ्चालन गरेका थिए । त्यसक्रममा एक सय तीन जना व्यक्तिले सहयोग गरेका थिए ।  

‘निजको अवस्थाबारे जानकारी पाएपछि मैले रु. सात हजार पाँच सय प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालबाट सहयोगका अभियान शुरु गरेको थिएँ । यो त्यसैको परिणाम हो’, अभियान जारी रहने जानकारी दिँदै उनले भने । चिकित्सकहरूले नेपालीलाई दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् ।
 
यसैबीच, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडितका लागि गाउँपालिकातर्फ पनि सक्दो सहयोग गर्ने बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise