२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

मेलामा चिनजानपछि ४९ वर्षीया महिला र २३ वर्षीय युवाबीच प्रेम, विवाहको दबाबपछि हत्या

shivam cement
मध्यान्ह
२०८१ साउन २७ गते १४:२०
मेलामा चिनजानपछि ४९ वर्षीया महिला र २३ वर्षीय युवाबीच प्रेम, विवाहको दबाबपछि हत्या

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सुशीलाको हत्या आरोपमा रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नं. ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव बरामद गरिएको थियो ।

मृतक सुशीला र प्रेमबीच डेढ वर्ष अगाडि जाजरकोट रिम्ना मेलामा चिनजान भएको र त्यतिबेला फोन नम्बर साटासाट गरेर बेला-बेला भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । सोही क्रममा साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आएका थिए । उक्त रात दुवै जना सँगै बसेको र साउन २२ गते मंगलबार बिहानै उठेर दुवै जना रिम्ना बजार गएर घुमेको प्रहरीले बताएको छ ।

सो रात पनि दुवै जना सुशीलाकै घरमा आएर बसेको र राति १२ बजेतिर सुशीलाले आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुलाई थाहा पाइसेकको बताउँदै प्रेमलाई आफूसँग विवाह गर्न भनेपछि प्रेमले विवाह गर्न सक्ने अवस्था नभएको बताएर मार्ने मनसाय बनाएर फलामको तावा, सिलौटोलगायतका घरेलु हतियारले प्रहार गरेर सलले घाँटी बाँधेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

सोधपुछका क्रममा प्रेमले घटनापश्चात मृतक सुशीलाको मोबाइल साथमा लिइ आफ्नो कोठामा लुकाएर राखेको बताएपछि प्रहरीले सो मोबाइल पनि बरामद गरेको छ ।

प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise