२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिटिजन्स क्यापिटलको लाभांस क्षमतामा वृद्धि

Nada
२०८१ साउन २७ गते १६:२८
Shares
सिटिजन्स क्यापिटलको लाभांस क्षमतामा वृद्धि

काठमाडौं : सिटिजन्स क्यापिटल लिमिटेडको १८औं वार्षिक साधारण सभा भदौ १७ गते हुने भएको छ । संस्थाले आ.व.२०८०/८१ मा चुक्ता पुँजीको १५.५० प्रतिशत लाभांस प्रस्ताव गरेको छ । 

ncell

आ.व.२०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांस क्षमतामा ३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् । 

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पुँजी बजारमा प्रत्यक्षरुपमा सहभागी भइ लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर