२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कानमा लगाएको सुन चोरेर भाग्ने एक जना पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १९:०४
कानमा लगाएको सुन चोरेर भाग्ने एक जना पक्राउ

सुर्खेत : वीरेन्द्रनगरका विभिन्न ठाउँमा कानमा लगाएका सुन चोर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१ बाँगेसिमल सुर्खेतका सञ्जय टमटा रहेका छन् ।

अभिभाववको उजुरीका आधारमा सुर्खेत प्रहरीले बालकालिकाहरुका कानमा लगाएका सुन लुछ्दै फरार हुने ति व्यक्तिलाई वीरेन्द्रनगर–३ एरिचोकबाट पक्राउ गरेको हो । 

पक्राउ परेका टमटाले वीरेन्द्रनगरका एरिचोक, फोरलेन सडक र भैरवस्थान लगायतका ठाउँमा खेलिरहेका र स्कुल जाँदै गरेका बालबालिकाको कानमा लगाएको सुन लुछ्दै भाग्ने गरेका थिए ।

उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ । सुन चोरी गर्नेमा उनीहरुको टोली नै रहेको प्रहरीको आशंका छ ।

ADVADV

सम्बन्धित खबर

Advertise