२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १०:३६
जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला

म्याग्दी : बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा मानव कंकालफेला परेको छ ।  शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए ।  “घटनास्थलबाट उत्खनन गरेको मानव कंकालर भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ”, उनले भने, “अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौँ । कंकालर सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएका छौँ ।”

विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । मीनाको हत्यापछि जंगलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ । 

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बेपत्ता मीना, कङ्काल, सामग्री र थुनामा रहेका युवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise