२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एमालेका पूर्वमन्त्री र सिरियलका कलाकारसहित ११ जना धरौटीमा रिहा

shivam cement
२०८१ साउन २८ गते १२:१५
Shares
एमालेका पूर्वमन्त्री र सिरियलका कलाकारसहित ११ जना धरौटीमा रिहा

काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका एमालेका पूर्वमन्त्री र 'सक्किगोनी'का कलाकारसहित ११ जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरू   रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उनीहरूलाई शनिबार साँझ जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट पक्राउ गरिएको हो । काभ्रेको बनेपा नगरपालिका-१२ का राजु महतको गौरीघाटस्थित कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा 'सक्किगोनी' सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्ने कलाकार पुरुषोत्तम आचार्य,  एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत,माधव थापा, ठुला तामाङ छन् ।


 

सम्बन्धित खबर