काठमाडौँ : सेयर बजार खुलेको एक घण्टामै ९ अर्ब भन्दा बढीको कारोबार भएको छ ।
६१.९३ अंकले बढेको बजार १९२२.७८ विन्दुमा पुगेको छ । हालसम्म ९ अर्ब ७३ करोड भन्दा बढीको सेयर कारोबार भइसकेको छ ।
शुभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार मात्र कारोबार र बजार पुँजीकरणमा ऐतिहासिक रेकर्ड कायम गरेको बजारमा सोमबार पनि उछाल देखिएको छ ।