२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

हुन्डाईले ल्यायो 'टेस्ट ड्राइभ एण्ड विन' क्याम्पेन

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १३:११
हुन्डाईले ल्यायो 'टेस्ट ड्राइभ एण्ड विन' क्याम्पेन

काठमाडौं : हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेस्ट ड्राइभ एण्ड विन’ क्याम्पेन ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गइ हुन्डाई गाडीको लाइनअपहरूमध्येबाट भर्खरै लञ्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन् । यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ हुन्डाई क्रेटा हालै अगस्ट ६ मा सार्वजनिक गरिएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न शुरु गरेको थियो । यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय: हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीको भनाइ छ । प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइने कम्पनीले बताएको छ ।

साउन २८ गतेबाट शुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुकहरुले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गइ सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्रमार्फत छनोट गरिने र कम्पनीको फेसबुक पेजमार्फत जानकारी गराइने कम्पनीले बताएको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभरिका १६ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise