२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

क्रसर उद्योग पुरानै मापदण्डका आधारमा नवीकरण गराइदिन माग

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १५:३३
क्रसर उद्योग पुरानै मापदण्डका आधारमा नवीकरण गराइदिन माग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दुरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ । 

महासंघले उद्योगहरुको नवीकरण नहुँदा करिब रु चार अर्ब लगानी डुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिइ पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवम् नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise