२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रौतहटमा बाढीको पानीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन २२ गते १८:१६
Shares
रौतहटमा बाढीको पानीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

रौतहट : ​जिल्लाको यमुनामाई गाउँपालिकामा बाढीको पानीमा डुबेर ८ वर्षीय बालकको निधन भएको छ ।

ncell

यमुनामाई गाउँपालिका वडा नं. ५ झुनखुन्वा टोल बस्ने करमुल्लाह मियाका ८ वर्षीय छोरा आकिब आलम बिहीबार दिउँसो ५-६ जना साथीहरूसँग नहरमा नुहाउन गएका थिए । नुहाउन गएका अन्य बालबालिका घर फर्किए पनि आकिब आलम घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।

बिहीबार ​साँझसम्म पनि बालक फेला नपरेपछि परिवारले बमनहर प्रहरीलाई जानकारी गराएको थियो । लगत्तै प्रहरी चौकी बमनह प्रहरीका प्रहरी सहायक निरीक्षक संजिव कुमार सिंहको कमाण्डमा खटिएको टोली र स्थानीयले खोजतलास तीव्र पारेका थिए ।

​खोजतलास गर्ने क्रममा शुक्रबार बिहान यमुनामाई वडा नं. ५ झुन्खुन्वादेखि राजपुर जाने सडकखण्डमा रहेको कलभर्टबाट करिब २० मिटर दक्षिण बाढीको पानीमा बालक मृत अवस्थामा फेला परेका हुन् । 

​घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

​लगातारको वर्षासँगै नजिकैका नहर, खाडल तथा नदीनालामा पानीको बहाव बढेकाले बालबालिकालाई एक्लै पठाउन जोखिमपूर्ण हुने भन्दै स्थानीय प्रशासनले विशेष सतर्कता र सजगता अपनाउन अभिभावकहरूलाई आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर