काठमाडौं : असोज महिनामा वाईड स्पेस इन्टरनेशनल प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । भदौमा पनि धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको उक्त म्यानपावर कम्पनीले असोजमा ७ सय ८८ जना कामदार पठाएको छ ।
धेरै कामदार पठाउने सूचीको दोश्रो स्थानमा रहेको एक्सेस पाट्नर्स प्रा.लि.ले ६ सय १२ जना पठाउन अन्तिम श्रम स्वीकृति निकालेको छ । तेस्रो स्थानमा रहेको पाल्ही ओभरसिज प्रा.लि.ले ५ सय ८६ जनाको श्रम स्वीकृति निकालेको छ ।
सूचीको चौथो नम्बरमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुक्टमेन्ट प्रा.लि.ले ५ सय ६७ जना, पाँचौ नम्बरमा रहेको मेरिडियन ओभरसिज प्रा.लि.ले ५ सय २६ जना, छैठौं स्थानमा रहेको मोन्टेज ओभरसिज प्रा.लि.ले ४ सय ५५ जना, सातौं स्थानमा रहेको नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले ४ सय २९ जना, आठौं स्थानमा रहेको पारामाउण्ट इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.ले ३ सय ८९ जना, नवौ स्थानमा रहेको रिभर ओभरसिज प्रा.लि.ले ३ सय ७६ जना र दशौं स्थानमा रहेको ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रा.लि.ले ३ सय ७४ जनाको श्रम स्वीकृति निकालेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies