२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

ज्योति विकास बैंकद्वारा 'डिजिटल हस्ताक्षर' प्रयोगको शुरुवात

shivam cement
मध्यान्ह
२०८१ साउन २९ गते २१:३१
ज्योति विकास बैंकद्वारा 'डिजिटल हस्ताक्षर' प्रयोगको शुरुवात

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले गत साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम बैंकले सो पहलको सुरुवात गरेको हो । 

डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यलगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरुको डिजिटल हस्ताक्षर प्रयोग गर्नेगरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय रेडियन्ट इन्फोटेक प्रालिबाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।

डिजिटल हस्ताक्षर प्रणाली सुचारु भएपश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुने बैंकको भनाइ छ । 

साथै भौतिक रुपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता हट्नेछ । यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य रहेको बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise