
रौतहट : जिल्लाको गरुडा नगरपालिका–६ पोठियाहीस्थित सार्वजनिक पोखरीमा डुबेको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् । मानसिक सन्तुलन ठिक नरहेका स्थानीय ७३ वर्षीय पन्निलाल साह कलवार मृत अवस्थामा भेटिएका हुन् ।
पारिवारिक स्रोतका अनुसार मृतक कलवार गत साउन २८ गते राति करिब ११ बजे आफ्नै घरबाट कोही कसैलाई जानकारी नदिई हिँडेर सम्पर्कविहीन भएका थिए । खोजतलासका लागि आफन्तले सोही दिन इलाका प्रहरी कार्यालय शिवनगर रौतहटमा हुलिया निवेदन दर्ता गराएका थिए ।
खोजतलासका क्रममा आज पोठियाहीस्थित सार्वजनिक पोखरीमा उनी डुबेको अवस्थामा फेला परेका हुन् ।
शवलाई परीक्षणका लागि अस्पताल पठाइएको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।