२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनसेलका नम्बरमा रोमिङका बेला एसएमएस र ओटिपी आउने

Nada
२०८१ साउन ३० गते २१:११
Shares
एनसेलका नम्बरमा रोमिङका बेला एसएमएस र ओटिपी आउने

काठमाडौं : एनसेलका सबै मोबाइल नम्बर÷ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्ड (ओटिपी), एसएमएस र अन्य एसएमएसमार्फत् आउने जानकारी तथा सूचना आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन् । यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरुले विशेष गरी केवाइसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डेटा बेस राख्ने सरकारी निकायहरुलाई ठूलो महत्त्व राख्दछ ।

ncell

विविध डिजिटल सेवाहरुको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकहरुले एप्लिकेसन टु पर्सन (एटुपी) म्यासेजहरु जस्तै ओटिपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्ने गर्दछन् । यस्ता ओटिपी, एसएमएस र नोटिफिकेसनहरु सरकारी निकाय, अर्ध–सरकारी निकाय, बैंक तथा वित्तिय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्था र गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरुले पठाउँछन् ।

‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटुपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या छैन, हरेक वर्ष बढिरहेको एटुपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरु सधैं अन रहेको देखाउँछ’, एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

एनसेलको नम्बरमा एसएमएस, ओटिपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताइएको छ । साथै एनसेलले अन्य सर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकहरुलाई पनि उनीहरुका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर