२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सनराइज सेक्युरिटिजद्वारा शेयर कारोबार शुरु

ADV
मध्यान्ह
२०८१ साउन ३० गते २१:१२
सनराइज सेक्युरिटिजद्वारा शेयर कारोबार शुरु

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडको स्वामित्वमा स्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यावसायिक शुरुवात गरेको छ । बुधबार एक समारोहबीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा शुभकामना दिँदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे ।

सोही कार्यक्रमका बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

साथै स्नराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिएका थिए । गैह्रिधारा–२, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सो कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise